Kathmandu Press

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्शु स्वदेश फिर्ता

काठमाडौं, भदौ ३० : नेपालको चार दिन भ्रमण सकेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन्।बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख...
चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्शु स्वदेश फिर्ता

काठमाडौं, भदौ ३० : नेपालको चार दिन भ्रमण सकेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शु स्वदेश फर्किएका छन्।

बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख अग्निप्रसाद सापकोटाले लीको विदाई गरेका छन्। उनले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट गरेका थिए।

अध्यक्ष लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। राष्ट्रपतिसँगको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

त्यसअघि उनले बुधबार बिहान भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका थिए। उनले भूकम्पनमा क्षति भएका संरचनाबारे जानकारी लिएका थिए।

उनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। त्यहि दिन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए।

यसअघि भ्रमणको पहिलो दिन सोमबार सभामुख सापकोटासँग छलफल भएको थियो। उनले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि भेटवार्ता गरेका थिए।

उनी ६७ जना प्रतिनिधिमण्डको नेतृत्व गर्दै सोमबार नेपाल आएका थिए। नेपालको भ्रमण फलदायी रहेको उनले बताएका छन्।

प्रकाशित मिति: ०९:४८ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्