Kathmandu Press

पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, भदौ ३० : बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ।बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा गएराति गएको पहिरोले सडक अवरुद्ध भएको हो।...
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, भदौ ३० : बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ।

बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा गएराति गएको पहिरोले सडक अवरुद्ध भएको हो। बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको बताए। स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक ७६ किलोमिटर दूरीको छ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका प्रभावित भएको छ। मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई सास्ती भएको छ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक विभाग र निर्माण कम्पनीका उपकरण परिचालन गरेर सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको जनाएको छ। आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काभ्रेभिर, बैसरी र नैनीबगरमा निरन्तर पहिरो खसेकाले मर्मतमा समस्या भएको बताए।

प्रकाशित मिति: ०८:३७ बजे, बिहीबार, भदौ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्