पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता
काठमाडाैं, भदाै २९ : नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विरोधका कार्यक्रम फिर्ता लिएको छ। बुधबार सरकारसँग तीन बुँदे सहमति गर्दै महासंघले विरोधका कार्यक्रम...
काठमाडाैं, भदाै २९ : नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले विरोधका कार्यक्रम फिर्ता लिएको छ। बुधबार सरकारसँग तीन बुँदे सहमति गर्दै महासंघले विरोधका कार्यक्रम फिर्ता लिएको हाे।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानी र महासंघका पदाधिकारीहरुबीच बुधबार साँझ भएको छलफलमा ढुवानी भाडा समायोजनको विषय असोज ७ गतेभित्रमा सम्बोधन गरिसक्ने सरकारी प्रतिबद्धतापछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।

प्रकाशित मिति: २०:२६ बजे, बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











