Kathmandu Press

दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी

दार्चुला, भदाै २९ : यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ।घटना...
दार्चुला : बाढी, पहिरोमा बेपत्ता १० जनाको अवस्था अज्ञात, खोजीकार्य जारी

दार्चुला, भदाै २९ : यही भदौ २४ गते शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ।

घटना भएको छ दिनसम्म पनि बाढी पहिरोमा परी बेपत्ता भएकाहरु फेला परेका छैनन् । बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

शुक्रबार रातिको अविरल वर्षाले जिल्लाको महाकाली नगरपालिका–३ मा रहेको दशरथ आधारभूत विद्यालयमा पूर्ण क्षति पुर्‍याएको थियो । लास्को खोलाको बाढीले डुङ्री विद्युत्को पावर हाउस, दुई झोलुङ्गे पुल र एक मोटरेबल पुल बगाएको थियो ।

बङ्गाबगरस्थित पार्किङमा राखेका जीप छ, कार एक, ट्र्याक्टर एक, जेसिबी एक गरी जम्मा नौ वटा सवारीसाधन हराएका थिए । त्यस्तै ४२ घरमा पूर्ण क्षति भएको थियो भने नौ वटा घरमा आंशिक क्षति भएको छ ।

बङ्गाबगर र लास्को क्षेत्रका ४० घर अझै पनि उच्च जोखिममा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले जानकारी दिए।

प्रकाशित मिति: १९:१० बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्