Kathmandu Press

पौडीमा गौरिकाले जितिन् ऐतिहासिक स्वर्ण

काठमाडौं, मंसिर १९ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पाैडीमा गौरिका सिंहले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन्।

बिहीबार भएको पौ....

पौडीमा गौरिकाले जितिन् ऐतिहासिक स्वर्ण
फाइल

काठमाडौं, मंसिर १९ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पाैडीमा गौरिका सिंहले नेपाललाई स्वर्ण पदक दिलाएकी छिन्।

बिहीबार भएको पौडीको २०० मिटर फ्रि–स्टाइल प्रतिस्पर्धामा गौरिकाले स्वर्ण जितेकी हुन्। स्वर्ण जित्ने क्रममा गौरिकाले निर्धारित दूरी दुई मिनेट ५.०६ सेकेन्डमा पूरा गरेकी थिइन्।

व्यक्तिगततर्फ पौडीमा स्वर्ण जित्ने उनी नेपालको पहिलो पौडीबाज बनेकी छिन्। सन् २०१६ को सागमा रजत पदकमा चित्त बुझाएकी गौरिकाले घरेलु पौडी पोखरीमा भएको खेलमा स्वर्ण जित्न सफल भइन्। 

यसअघि सन् १९९९ मा काठमाडौंमा भएको आठौं सागमा नेपालले पौडीको टिम इभेन्टमा स्वर्ण जितेको थियो।
 

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, मंसिर १९, २०७६