Kathmandu Press

डेङ्गु संक्रमितको संख्या ११ हजार कट्यो

काठमाडौं, भदाै २९ : नेपालमा हालसम्म डेङ्गु संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म...
डेङ्गु संक्रमितको संख्या ११ हजार कट्यो

काठमाडौं, भदाै २९ : नेपालमा हालसम्म डेङ्गु संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगु संक्रमण पुष्टि भएको छ।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ११ हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार सातवटै प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ।

जसअनुसार प्रदेश १ मा ३४७, मधेश प्रदेशमा १९८, बागमतीमा ८३९०, गण्डकीमा २२४, लुम्बिनीमा १४२१, कर्णालीमा १६२ र सुदूरपश्चिममा ३२३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

प्रकाशित मिति: १८:१० बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्