Kathmandu Press

अपेक्षा नगरेका व्यक्तिहरुले पनि टिकट माग्न थाले : माधव नेपाल 

काठमाडौं, भदौ २९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनका लागि टिकट व्यवस्थापनमा कठिनाई भएको बताएका छन्। बुधबार काठमाडौंमा समाजवादी सहकारी संगठन, नेपालको...
अपेक्षा नगरेका व्यक्तिहरुले पनि टिकट माग्न थाले : माधव नेपाल 

काठमाडौं, भदौ २९ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनका लागि टिकट व्यवस्थापनमा कठिनाई भएको बताएका छन्। 

बुधबार काठमाडौंमा समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रमका बोल्दै नेपालले निर्वाचन नजिकिदै गर्दा टिकट माग्न आउनेको संख्या बढ्दै गएको र टिकट व्यवस्थापनमा कठिनाई भएको बताएका हुन्। उनले कतिपय अपेक्षा नगरेका व्यक्तिहरुले समेत टिकट माग गरेको जिकिर गरे। वृद्धावस्थामा पुगेका नेताहरुले पनि टिकट माग गरेको उनले बताए। 

अध्यक्ष नेपालले टिकट बितरणका लागि को काबिल छ वा छैन भन्ने छुट्टाउन पनि समस्या भइरहेको जिकिर गरे । त्यस्तै उहाले सांसद पदबाट हटेपछि कुनै न कुनै व्यवसायमा जोडिन पनि नेताहरुलाई सुझाव दिए। 

अध्यक्ष नेपालले अहिले सहकारी क्षेत्रमा देखिएका समस्यालाई पनि समाधान गर्ने गरि मुलुकको हितमा काम गर्न समाजवादी सहकारी संगठनलाई सुझाव दिए। 

प्रकाशित मिति: १७:५५ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्