सावित्राको ह्याट्रिकसँगै माल्दिभ्सविरूद्ध नेपालको सहज जित
पोखरा, मंसिर १९ : सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा अर्को जित हात पारेको छ।
....
पोखरा, मंसिर १९ : सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा अर्को जित हात पारेको छ।
बिहीबार पोखरा रंगशालामा भएको खेलमा सावित्राको ह्याट्रिक मद्दतमा नेपालले माल्दिभ्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो।
खेलमा १६ औं मिनेटमा सावित्राले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन्। उनले अनिता बस्नेतको पासमा हेडर गोल गरेकी थिइन्। खेलको २० औं मिनेटमा सावित्राले नै गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाइन्।
खेलको इन्जुरी समयमा नेपालले पेनाल्टी पायो। माल्दिभ्सका लागि खेलाडीले सावित्रालाई नै डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्।






