प्रधानमन्त्री भेट्न राष्ट्रपति दोस्रो पटक अस्पतालमा
काठमाडौं, मंसिर १९ : राष्ट्रपति विद्यादेवी भण्डारी उपचाररच प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेकी छन्।
राष्ट्रपति भण्डार....

काठमाडौं, मंसिर १९ : राष्ट्रपति विद्यादेवी भण्डारी उपचाररच प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेकी छन्।
राष्ट्रपति भण्डारी केहीवेर अघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन कार्डियोथोसिस भास्कुल एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेकी हुन्। उनी यस अघि मंसिर १२ गते पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी थिइन्।
प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्टिसाइटिसको शल्यक्रिया गरिएको थियो। उनी त्यसयता अस्पतालमै छन्। उनको त्यहीँ मिर्गौलाको डायलासिस पनि गरिँदै आएको छ।
प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। अहिले समस्या आएपछि डायलासिस गरिँदै आएको छ।
यस पटक भने एपेन्डिसाइटिस भएपछि अस्पताल भर्नाका थिए। उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ।











