Kathmandu Press

‘जबराविरुद्धको महाभियोग निष्क्रिय हुँदैन, नयाँ संसदले स्वीकार गरेर टुंगाे लगाउँछ’

यो संसदको समय सकिए पनि नयाँ संसदले जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो लगाउने फाेरमको भनाइ छ।
‘जबराविरुद्धको महाभियोग निष्क्रिय हुँदैन, नयाँ संसदले स्वीकार गरेर टुंगाे लगाउँछ’

काठमाडौं, भदौ २९ : पूर्वन्यायाधीश फाेरम नेपालले संसदको कार्यकाल सकिँदैमा चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग निष्क्रिय नहुने स्पष्ट पारेको छ।

फाेरमले आज (बुधबार) पत्रकार सम्मेलन गरी मंसिर ४ गतेको निर्वाचनपछि आउने नयाँ प्रतिनिधिसभाले महाभियोगलाई स्वीकार गरेर एउटा निष्कर्षमा पुर्‍याउन सक्ने बताएको हो। यो संसदको समय सकिए पनि नयाँ संसदले जबरा दोषी हो वा निर्दोष हो भन्ने टुंगो लगाउने फाेरमको भनाइ छ।

जबराविरुद्ध गत फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो। हाल उक्त प्रस्ताव महाभियोग सिफारिस समितिमा विचाराधीन छ। महाभियोग टुंगो नलाग्दै संसदको कार्यकाल सकिए के हुन्छ भन्ने विषयमा चौतर्फी चर्चा चलिरहेका बेला पूर्वन्यायाधीश फाेरमले पत्रकार सम्मेलन गरेको हो। असोज २ बाट संसदको कार्यकाल सकिँदैछ।

फाेरमले महाभियोग टुंगो नलागेसम्म जबरा सर्वोच्चमा फर्किन नमिल्ने पनि बताएको छ। ‘महाभियोग प्रस्ताव निष्क्रिय हुँदैन, आगामी संसदले यसलाई टेक ओभर गर्नुपर्छ,’   समाजका अध्यक्ष टोपबहादुर सिंहले भने, ‘उहाँ (जबरा) ले निर्दोष वा दोषी के हो भनेर प्रमाणित हुनैपर्छ।’

 

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्