Kathmandu Press

संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई यसैपटक टुंग्याउनुपर्छ : नेम्वाङ

काठमाडाैं, भदाै २९ : एमाले सांसद सुवास नेम्वाङले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई यसैपटक टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्।बुधबार सिंहदरबारमा बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण...
संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई यसैपटक टुंग्याउनुपर्छ : नेम्वाङ

काठमाडाैं, भदाै २९ : एमाले सांसद सुवास नेम्वाङले संक्रमणकालीन न्यायसम्बन्धी कानुनलाई यसैपटक टुंगो लगाउनुपर्नेमा जोड दिएका छन्।

बुधबार सिंहदरबारमा बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा उनले सबैको साझा विषय भएकाले संक्रमणकालीन न्यायसम्बन्धी कानुन यसैपटक टुंगो लगाउनुपर्ने धारणा राखेका हुन्।

पीडित र पीडकको बिचमा मेलमिलाप र गम्भीर उलंघनमा विषयमा प्रक्रियाबाटै संक्रमणकालीन न्यायलाई टुंगो लगाउनुपर्ने विषय महत्वपूर्ण रहेको भन्दै विधेयकमा रहेका विषयवस्तुलाई निर्विवाद ढंगले अन्तिम रुप दिनुपर्ने उनको भनाइ थियो।

समितिले संसदको यही कार्यकालमा नै उक्त विधेयक पेस गर्ने गरि सहमतिको प्रयास गरिरहेको छ। विधेयकमा सहमति खोज्न समितिले कार्यदल गठन पनि गरेको छ।

सरकारले विधेयकमा मानवअधिकार उल्लंघन र मानवअधिकारको गम्भीर उल्लंघन भनेर छुट्याएपछि पीडित पक्षले गरिरहेको विरोधबीच त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बहस चलरिहेको छ। 

प्रकाशित मिति: १३:४१ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्