Kathmandu Press

जबराले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि बाेलाउने समितिकाे निर्णय

काठमाडाैं, भदाै २९ : बयानका क्रममा निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि संसद्को महाअभियोग सिफारिस समितिले बोलाउने निर्णय गरेको छ।बुधबार सिंहदरबारमा...
जबराले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि बाेलाउने समितिकाे निर्णय

काठमाडाैं, भदाै २९ : बयानका क्रममा निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि संसद्को महाअभियोग सिफारिस समितिले बोलाउने निर्णय गरेको छ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, न्यायाधीश, पूर्वन्यायधीश लगाएतलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय गरेको समितिका प्रवक्ता लक्ष्मी प्रसाद गौतमले जानकारी दिए। न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग बिहीबार छुट्टाछुट्टै समय दिएर छलफल गर्ने उनले बताए।

यसअघि बयानका क्रममा जबराले आफूलाई महाभियोग लगाउनुको कुनै औचित्य पुष्टि हुन नसक्ने भन्दै विभिन्न व्यक्तिहरुको नाम लिएका थिए। 

समितिको अर्को वैठक बिहीबार बिहान ८ः३० मा बस्नेछ। निलम्बित प्रधानन्यायाधीश जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मंगलबार सकिएको हाे।

समितिले यही भदौ ८ गते वयान लिने निर्णय गरी भदौ १६ गतेदेखि वयान लिन सुरु गरेको थियो भने हिजो पाचौँ दिन पहिलो चरणको वयान सकिएको थियो ।  
 
जबराविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गर्नुभएको थियोे । संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यही भदौ १ गते पहिलो बैठक बसेको थियोे ।

जबराविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियोे । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेत समेटिएको छ ।

समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने पहिलो चरणको क्रम सकिए पनि पूरक प्रश्न सोध्ने र वयानका क्रममा आएका व्यक्तिहरूसँग पुनः सवाल जवाफ गर्ने समितिको तयारी छ।

प्रकाशित मिति: १२:०५ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्