प्रतिनिधि सभा बैठक सर्याे, दिउँसो १ बजे बस्ने
काठमाडौं, भदौ २९ : प्रतिनिधि सभा बैठक दुई घन्टा पछि सारिएको छ । संसद सचिवालयका अनुसार बुधबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो...
काठमाडौं, भदौ २९ : प्रतिनिधि सभा बैठक दुई घन्टा पछि सारिएको छ ।
संसद सचिवालयका अनुसार बुधबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो १ बजे बस्ने भएको छ ।
प्रतिनिधिसभाको कानुन न्याय मानव अधिकार समितिले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदन आज प्रतिनिधि सभामा पेश गर्ने वातावरण बनाउन प्रतिनिधि सभाको बैठक सारिएको हो ।
सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी प्रतिवेदनलाई संसद बैठकमा पेश गर्ने प्रक्रियाका लागि कानुन समितिको बैठक सिंहदरबारमा बस्दैछ ।
प्रकाशित मिति: ११:२२ बजे, बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










