जापान उडेको वाइडबडी विमान आधा घन्टामै काठमाडौं फर्कियो
काठमाडौं, भदौ २९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको नारिता उडेको विमान आधा घन्टामै काठमाडौं फर्किएको छ । मंगलबार राती ११ बजे जापान उडेको नेपाल एयरलाइन्सको...
काठमाडौं, भदौ २९ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानको नारिता उडेको विमान आधा घन्टामै काठमाडौं फर्किएको छ ।
मंगलबार राती ११ बजे जापान उडेको नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ विमान आधा घन्टामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं डाइभर्ट गरेर यात्रुलाई ओरालिएको हो।
विमानमा १८४ जना यात्रु थिए । प्राविधिक जाँचपछि आजै नारिता उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १०:१७ बजे, बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










