Kathmandu Press

चुनावबारे दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, भदौ २९ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका विषयमा निर्वाचन आयोग आज राजनीतिक दलहरुसँग छलफल गर्दै छ।प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचनमा...
चुनावबारे दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, भदौ २९ : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका विषयमा निर्वाचन आयोग आज राजनीतिक दलहरुसँग छलफल गर्दै छ।

प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले छलफल गर्न लागेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। उनका अनुसार दलहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल हुनेछ।

दलहरुलाई छलफलका लागि आज मध्याह्न १२ बजे बोलाइएको छ। आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ।

आयोगले असोज १ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। यसै विषयमा दलहरुसँग छलफल गर्न लागिएको अर्यालले बताए।

प्रकाशित मिति: ०९:१३ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्