राष्ट्रपतिलाई भेट्दै चिनियाँ जनकंग्रेसका अध्यक्ष ली
काठमाडौं, भदौ २९ : नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु आज पनि उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन्।चार दिने नेपाल...
काठमाडौं, भदौ २९ : नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु आज पनि उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन्।
चार दिने नेपाल भ्रमणका लीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेटवार्ता गर्ने भएका छन्। उनी सोमबार नेपाल आएका थिए।
अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए।
त्यससँगै उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गरेका थिए। सोमबार ६७ सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गरी नेपालका आएका ली बिहीबार स्वदेश फर्किनेछन्।
प्रकाशित मिति: ०७:४० बजे, बुधबार, भदौ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार










