Kathmandu Press

डेंगु फैलिएपछि मेयर बालेन शाहको ३ बुँदे आग्रह

काठमाडौं, भदौ २८ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले डेंगुको संक्रमण फैलँदै गएको भन्दै महानगरबासीमा तीन बुँदे आग्रह गरेका  छन् ।उनले...
डेंगु फैलिएपछि मेयर बालेन शाहको ३ बुँदे आग्रह

काठमाडौं, भदौ २८ : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले डेंगुको संक्रमण फैलँदै गएको भन्दै महानगरबासीमा तीन बुँदे आग्रह गरेका  छन् ।

उनले डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको उल्लेख गर्दै संक्रमण रोक्न सबै पक्षको सहकार्य जरुरी रहेको समेत बताएका हुन् ।

‘डेङ्गुको प्रकोप बढ्दो छ । घरघरमा डेङ्गुका बिरामीहरु बढिरहेका छन् । जाडो आएर डेङ्गु आफै जान्छ भनेर कसैले पनि जाडो नपर्खौँ’, शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको छ । वडाको आकार अनुसार ठुला वडाहरुमा रु १ लाख, मध्यमका लागि रु ७५ हजार तथा साना वडाहरूमा रु ५० हजारका दरमा बजेट छुट्याइएको छ ।  तर यो प्रयत्न पनि अपुग भएको छ । किनकि महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो छ । यसमा हामी सबैको भुमिका रहन्छ ।’

यस्तै उनले उपलब्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाइबाट बच्न महानगरबासीलाई अनुरोध गर्दै सरसफाइमा पनि जोड दिएका छन् । ‘लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्छ ।

यसैले कृपया  सडकमा हिँड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिनुहोला, ताकि पानी जम्मा नहोस् । पानी जम्मा भएको ठाउँ छ भने घोप्ट्याइदिनुहोस्’, उनको आग्रह छ । 

प्रकाशित मिति: २०:३४ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्