Kathmandu Press

कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी कांग्रेसबाट निलम्बित

काठमाडाैं, भदाै २८ : नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात...
कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी कांग्रेसबाट निलम्बित

काठमाडाैं, भदाै २८ : नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् । स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवं खानेपानी मन्त्री चौधरी निलम्वनमा परेका हुन।

नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरीसहित पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवसमेत निलम्बन गरेकाे छ।

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा मन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूणकुमार यादवले बताए।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी मन्त्री चौधरी र यादवद्वयलाई निलम्बन गरिएको संयोजक यादवले बताए ।

संयोजक यादवकाअनुसार मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादवलाई पराजित गर्न लोसपाबाट मेयर पदमा उम्मेदवार बनेका किशोरीप्रसाद कलवारलाई विजयी गराउन सहयोग गरेको आरोप छ।

त्यस्तै, पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्रप्रसाद यादवको विरुद्धमा सोही नगरपालिकामा जसपाबाट मेयर पदका उम्मेदवार रामबाबु यादवको क्याम्पमै गएर मत मागेको र मत दिलाउन लगाएकाले अाराेप छ।

प्रकाशित मिति: २०:३३ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्