Kathmandu Press

राष्ट्रिय सभा बैठक बुधबार बस्दैं 

राष्ट्रिय सभा बैठक बुधबार बस्दैं 

काठमाडौं, भदौ २८ : संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक बुधबार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रिय सभाका अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने रहेको छ । 

त्यस्तै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९” लाई सभा समक्ष टेबुल गर्ने कार्यसूची रहेको छ । 

विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसालले “पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्नेछन् भने अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक, २०७५ र  सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १९:५५ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्