Kathmandu Press

महिला साफ : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने 

यसअघिका पाँचवटै संस्करणको बिजेता भारतसँग सेमिफाइनलमै खेल्नुपर्ने भएपछि घरेलु मैदानमा उपाधी जित्ने नेपालको सम्भावना कठिन बनेको छ ।
महिला साफ : नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने 

काठमाडौं, भदौ २८ : नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ । मंगलबार दशरथ रंगशालामा भएको समूह ए को अन्तिम खेलमा भारत वंगलादेशसँग पराजित भएपछि सेमिफाइनलमा नेपाल र भारतको भेट पक्का भएको हो । 

यसअघिका पाँचवटै संस्करणको बिजेता भारतसँग सेमिफाइनलमै खेल्नुपर्ने भएपछि घरेलु मैदानमा उपाधी जित्ने नेपालको सम्भावना कठिन बनेको छ । यसअघिका चार फाइनल खेलेको नेपाल चारै पटक भारतसँग पराजित भएको थियो  । नेपाल समूह ‘बी’ को बिजेताका रुपमा सेमिफाइनल पुगेको हो । 

मंगलबार भएको समूह चरणको अन्तिम खेलमा भारतलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेश समूह विजेता बनेको हो । बंगलादेशलाई जित दिलाउन मोसाम्मत सिरात जाहन सोप्नाले दुई गोल गरिन् । यस्तै श्रीमोती सरकारले एक गोल गरिन् । 

खेलको १२ औं मिनेटमा सोप्नाले गोल गर्दै बंगलादेशलाई सुरुआती अग्रता दिलाएका थिए । सरकारले २२ औं मिनेटमा गोल गर्दा बंगलादेश २–० ले अघि रह्यो । खेलको ५३ औं मिनेटमा सोप्नाले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाइन । 

सेमिफाइनलमा बंगलादेशले समूह बी को उपबिजेता भुटानको सामना गर्नेछ ।  

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्