Kathmandu Press

उसुमा नीमाले जितिन् स्वर्ण

काठमाडौं, मंसिर १९ : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उसुतर्फ नीमा घर्तीमगरले स्वर्ण पदक जितेकी छन्।

बिहीबार भएको खेलमा उनले नान्छवान अल र....

उसुमा नीमाले जितिन् स्वर्ण
रिवाज राई

काठमाडौं, मंसिर १९ : १३औं दक्षिण एसियाली खेलकुद (साग)मा उसुतर्फ नीमा घर्तीमगरले स्वर्ण पदक जितेकी छन्।

बिहीबार भएको खेलमा उनले नान्छवान अल राउन्डमा स्वर्ण पदक जितेकी हुन्। नीमाको जितसँगै नेपालको १३औं सागमा ३० स्वार्ण पदक पुगेको छ।

उसुमा बंगलादेश दोस्रो र श्रीलंका तेस्रो भएका छन्।

सागमा नीमाले जितेको यो दोस्रो स्वर्ण हो। यसअघि १२औं सागमा उसुको थाउलोमा उनले स्वर्ण जितेकी थिइन्।

सागअन्तर्गत बिहीबार बिहान उसुको प्रतिस्पर्धामा नेपालले रजत पदक जितेको छ। उसुको ताउसु कुन्सु अलराउन्डमा नेपाली खेलाडी विश्वबुद्ध मगरले रजत पदक जितेका हुन्।

प्रकाशित मिति: ११:३९ बजे, बिहीबार, मंसिर १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्