काठमाडौं महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा पूर्वएसएसपी श्रेष्ठ
काठमाडौं, भदौ २८ : काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जगतमान श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ। महानगरको प्रमुखस्तरीय...
काठमाडौं, भदौ २८ : काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जगतमान श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ। महानगरको प्रमुखस्तरीय निर्णयअनुसार मंगलबार श्रेष्ठलाई नियुक्ति गरिएको हो ।
मंगलबारदेखि नै लागु हुने गरी उनलाई विज्ञ सल्लाहकारको रूपमा नियुक्ति दिएको महानगरले जानकारी दिएको छ। महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ।
ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ।
प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, भदौ २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











