पाकिस्तानमा छ महिनामा दुई हजार भन्दा बढी बाल दुर्व्यवहारका मुद्दा दर्ता
इस्लामावाद, भदाै २८ : पाकिस्तानमा गत छ महिनामा दुई हजारभन्दा बढी बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन्। यो आँकडाले देशमा बढ्दो बालअधिकार उल्लङ्घन...
इस्लामावाद, भदाै २८ : पाकिस्तानमा गत छ महिनामा दुई हजारभन्दा बढी बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन्। यो आँकडाले देशमा बढ्दो बालअधिकार उल्लङ्घन र बालदुर्व्यबहारको गम्भीर अवस्थालाई उजागर गरेको छ।
एक गैर-सरकारी संस्थाको प्रतिवेदन उद्धृत गर्दै पाकिस्तानी अखबार द न्युज इन्टरनेशनलले सार्वजनिक गरेको तथ्याङ्कले गत छ महिनामा केटा र केटी दुवैसँग लगभग दुई हजार २२१ बाल दुर्व्यवहारका घटनाहरू दर्ता भएका छन्। बालबालिकामाथि हुने यौन दुर्व्यवहारको तथ्याङ्क विभिन्न ७९ पत्रपत्रिकाबाट सङ्कलन गरिएको थियो। द न्युज इन्टरनेशनलले जनाएअनुसार अधिकांश घटनाहरूलाई बलात्कार, यौन दुर्व्यवहार र अपहरणको रूपमा वर्गीकृत गर्न सकिने खालका छन्।
न्युज इन्टरनेशनलले लैङ्गिक विभाजनको विश्लेषणलाई उद्धृत गर्दै केटीहरूमा बाल यौन दुर्व्यवहारका घटनाहरू केटाहरूको तुलनामा बढी पाइएको छ।
प्रकाशनले सङ्कलन गरेको तथ्याङ्कअनुसार दुर्व्यवहार भोग्न वाध्य कुल २ हजार २ सय ११ बालबालिकामध्ये १ हजार ४ जना केटा र १ हजार २०७ केटी रहेका छन्।
प्रतिवेदनमा झण्डै ८०३ बालबालिका अपहरण भएको र तीमध्ये २९८ केटा र २४३ केटीहरू रहेका थिए। ती मध्ये प्रायः कि त बलात्कृत वा यौन दुर्व्यवहारबाट पीडित भएको र १२८ बालबालिकाको सामूहिक बलात्खरत र अप्राकृतिक मैथुनको शिकार भएको बताइएको छ।
घटनाहरु मध्ये पञ्जाबमा सबैभन्दा धेरै १,५६४, सिन्धमा र ३३८ इस्लामाबादमा दर्ता भएका छन्। सो प्रतिवेदनमा झण्डै ५२ प्रतिशत घटनाहरू शहरी क्षेत्रबाट र ४८ प्रतिशत ग्रामीण क्षेत्रबाट रिपोर्ट गरिएको थियो।
ह्युमन राइट्स वाचले आफ्नो वार्षिक विश्व प्रतिवेदन २०२२ मा पाकिस्तानमा बालबालिकासहित महिलाविरुद्ध व्यापक अधिकार हननका घटनाहरुको उल्लेख गरेको छ। जसले विश्व महिला, शान्ति र सुरक्षा सूचकाङ्कमा १७० देशहरूमध्ये १६७ औँ स्थानमा रहेको देखाएको छ।












