Kathmandu Press

सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै

काठमाडाैं, भदाै २८ : संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।...
सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइँदै
Hardik ivf

काठमाडाैं, भदाै २८ : संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिको सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । समितिकै कार्यकाल सकिन लागेको परिस्थितिमा सुनुवाइ कसरी अघि लैजाने भन्ने सन्दर्भमा सदस्यबीच लामो छलफल र बहसपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
 
न्यायपरिषद्ले यही भदौ २१ गते सर्वाेच्च अदालतको न्यायाधीशमा  उच्च अदालतका तुलसीपुरका मुख्य न्यायाधीश नीता गौतम दीक्षित, पाटन उच्च अदालतका  न्यायाधीश विनोद शर्मा र वरिष्ठ अधिवक्ता डा दिननाथ पराजुली इलामको नाम मनोनीत गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।
 
समितिले उनीबारे सर्वसाधारणलाई जानकारी दिई १० दिने सूचना प्रकाशित गरी कुनै गुनासो र उजुरी भए माग गर्ने निर्णय गरेको छ । यसअघि बैठकमा सदस्यले संसदीय सुनुवाइको अभ्यास र समितिको कार्यकालकै बारे विभिन्न कोणबाट भनाइ प्रस्तुत गरे। बैठकमा सभापति लक्ष्मणलाल कर्णले समितिले हालसम्म सर्वसम्मतरुपमा निर्णय सुनाउँदै जानकारी दिँदै उठेका प्रश्नको निरुपण गर्न गरेको आग्रहमा सदस्यबीच १० दिनको सूचना प्रकाशित गरी अघि बढ्ने निर्णय भएको हो ।

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्