Kathmandu Press

प्रधानमन्त्री मोदीले रूस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

तास्कन्द, भदाै २६ : प्रधानमन्त्री नरेन्द्र मोदीले उज्वेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग...
प्रधानमन्त्री मोदीले रूस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

तास्कन्द, भदाै २६ : प्रधानमन्त्री नरेन्द्र मोदीले उज्वेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनका क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्नुहुने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ। 

Hardik ivf

ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ। युक्रेन संकटपछि रुसी राष्ट्रपति र मोदीबीचको यो पहिलो भेटवार्ता हुन लागेको पनि स्रोतले थप जानकारी दिएको छ। 

संकट सुरु भएपछि दुई नेताले फोनवार्ता भने गरेका थिए। सेप्टेम्बर १४ बाट उज्वेकिस्तानको समरकन्दमा सुरु हुने शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीले अन्य द्विपक्षीय भेटघाट पनि गर्ने समाचारमा जनाइएको छ। 

रुसी राष्ट्रपति र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि एससीओ शिखर सम्मेलनको क्रममा भेट हुने सम्भावना छ।

उज्वेकिस्तानका लागि भारतीय राजदूत मनिष प्रभातले यसअघि प्रधानमन्त्री नरेन्द्र मोदी शिखर सम्मेलनमा सहभागी हुने र धेरै नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने बताएका छन्। 

कोभिड महामारीका कारण दुई वर्षपछि एससीओ सदस्य राष्ट्रका नेताहरुको बैठक बस्दैछ। केही द्विपक्षीय बैठकहरू एससीओको क्रममा हुनेछन्। तर बैठकहरूको कार्यक्रम समयमै टुंगो लगाइनेछ। राजदूत प्रभातले एएनआईलाई एक विशेष अन्तर्वार्तामा बताएका छन्। 

प्रकाशित मिति: १५:२९ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्