Kathmandu Press

१३औं सागअन्तर्गत आज १७ खेल हुने 

काठमाडौं, मंसिर १९ : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पाँचौं दिन अन्तर्गत आज विभिन्न १७ खेल हुदैछ । पाँचौं दिन काठमाडौं र पोखराम....

१३औं सागअन्तर्गत आज १७ खेल हुने 

काठमाडौं, मंसिर १९ : नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पाँचौं दिन अन्तर्गत आज विभिन्न १७ खेल हुदैछ । पाँचौं दिन काठमाडौं र पोखरामा १७ खेलमा प्रतिस्पर्धा हुनेछ । १७ खेल मध्ये पाँच नयाँ खेलको सुरुवात हुनेछ । चौंथो दिनसम्मको नतिजामा भारतले ३२ स्वर्णसहित अग्रता बनाएको छ । २९ स्वर्णसहित भारतलाई नेपालले पछ्याईरहेको छ ।

फुटबल 

सागको महिला फुटबलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । दिउसो २ बजे हुने खेल पोखरा रंगशालामा हुनेछ । यस अघि श्रीलंकाविरुद्ध १–० को झिनो गोल अन्तरले विजयी नेपाल माल्दिभ्सविरुद्ध सहज जितको खोजीमा हुनेछ । सागको पुरुष फुटबलतर्फ भुटान र माल्दिभ्सबीच पहिलो खेल हुनेछ । दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ ।

क्रिकेट 

साग क्रिकेट अन्तर्गत पुरुष क्रिकेटमा बिहीबार दुई खेल हुँदैछ । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा नेपालले भुटानसँग खेल्दैछ । नेपाल र भुटानको खेलको खेल बिहान ९ बजे सुरु हुनेछ । दोस्रो खेलमा माल्दिभ्सले श्रीलंका यू–२३ संग खेल्ने छ । भने पोखरामा हुने महिला क्रिकेटमा बंगलादेशले माल्दिभ्सको सामना गर्नेछ ।

उसु

उसुतर्फ बिहीबार १८ स्वर्णको लागि प्रतिस्पर्धा हुँदैछ । पुरुष र महिलातर्फ ६–६ ९सान्डा –फाइट० हुँदैछ । जम्मा २२ स्वर्ण रहेको उसुको अन्तिम दिन बिहीबार सम्पूर्ण विधाको स्वर्ण छिनोफानो हुनेछ ।

सुटिङ 

सुटिङ तर्फ महिला तथा पुरुष तर्फ दुई दुई विधामा फाइनल खेल रहेका छन् । महिलातर्फ थ्री बाई ४० तर्फ फाइनल हुनेछ भने एयर राईफल पुरुषतर्फ फाइनल खेल हुँदैछ ।

एथ्लेटिक्स 

एथ्लेटिक्सतर्फ बिहीबार विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा बिहान ९ बजेबाट सुरु हुने एथ्लेटिक्समा १४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जसमा ६ खेलको फाइनल चरणको खेल हुनेछ ।

भारातोलन 

पोखरा रंगशालाको कभर्ड हलमा हुने भारोतोलनतर्फ तीन महिला र दुई महिला तर्फ गरि कुल ५ स्पर्धा हुनेछ । बिहान १० बजे महिला तर्फ ४५ केजी, १२ बजे पुरुषको ५५ केजी, दिउँसो २ बजे महिलाको ४९ केजी, ४ बजे पुरुष ६१ केजी र ६ बजे महिलाको ५५ केजीमा प्रतिस्पर्धा हुनेछ ।

टेबल टेनिस 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार विभिन्न स्पर्धामा खेल हुनेछ । बिहीबार नेपालले नेपालले मेन्स डबल्स र मिक्स डबल्समा गरि दुई कास्य पदक हात पारेको थियो ।

ह्याण्डबल 

ह्याण्डबलमा बिहीबार लिग चरणका खेल हुनेछन् । समूह ‘ए’ को पहिलो खेलमा पुरुषतर्फ नेपालले श्रीलंकासंग खेल्ने छ भने माल्दिभ्स महिला टिमले पाकिस्तान महिला टिमसंग खेल्ने छ । यस्तै समूह ‘बी’ तर्फ पुरुषमा बंगलादेश र माल्दिभ्स तथा नेपाल महिला टिम र श्रीलंकासंग खेल्ने छ ।

पौडी 

पौडीको पहिलो दिन नेपालले ८ ईभेन्टमा प्रतिस्पर्धा गर्नेछ । सातदोबाटोस्थित स्विमिङ पुलमा नेपालले पुरुष २ सय मिटर फ्रि–स्टिाईल, महिला २ सय मिटर फ्रि–स्टिाईल, पुरुष २ सय मिटर बे्रस्टस्ट्रोक, महिला २ सय मिटर ब्रेस्टस्ट्रोकमा खेल्नेछ । यसैगरी पुरुष १ सय मिटर बटरफ्लाई, महिला १ सय मिटर बटरफ्लाई, पुरुष ४ गुणा १ सय मिटर फ्रि–स्टिाईल र महिला ४ गुणा १ सय मिटर फ्रि–स्टिाईलमा नेपालले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, महिला २ सय मिटर फ्रि–स्टिाईलमा भने नेपाली पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने निश्चित भएसकेको छ । बाँकी ईभेन्टमा कुन खेलाडीले प्रतिस्पर्धा गर्ने भोलि टुङ्गो लाग्नेछ ।

बास्केटबल 

सागमा बास्केटबल आजबाट सुरु हुने बास्केटबलमा महिला र पुरुषतर्फको खेल हुनेछ । पुरुष र महिला दुबैमा नेपालले बिहीबार बंगलादेशसँग खेल्नेछ । पुरुषको अर्को खेलमा भुटान श्रीलंका खेल्नेछ ।

कब्बडी 

कब्बडीतर्फ दुवै तर्फ बिहीबार लिग चरणमा खेल हुनेछ । एपीएफ मैदान हल्चोकमा चार खेल हुनेछ । जसमा नेपालको महिला टिमले श्रीलंकासनाग खेल्नेछ । कब्बडीको पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन्

बीच भलिबल 

पोखरामा हुने बीच भलिबलको पहिलो दिन विभिन्न ६ खेल हुनेछ । जसमा नेपालको पुरुषमा ४ खेल र महिलामा दुई खेल हुनेछ । बिहान ९ बजे मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडीले पाकिस्तानसँग खेल्नेछ । १० बजे नेपालका राजु बिक र सन्जु शाहको जोडीले पाकिस्तानकै टिमसँग खेल्नेछ । साढे एक बने मान र दिलको जोडीले श्रीलंकासँग खेल्नेछ । साढे २ बजे राजु र सन्जुको जोडीले श्रीलंकासँग खेल्नेछ । महिलामा साढे ३ बजे नेपालकी बिनिता बुढाथोकी र नेबिका चौधरीको जोडीले श्रीलंकासँग खेल्नेछ । यस्तै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीले श्रीलंकासँग नै खेल्नेछ ।

ब्याडमिन्टन

पोखरामा भईरहेको ब्याडमिन्टनतर्फ बिहीबार पनि विभिन्न इभेन्टको खेलहरु हुँदैछ । ब्याडमिन्टनमा बिहीबार नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्सको सेमिफाइनल खेलहरु हुनेछ ।

गल्फ

गोकर्ण फरेस्ट गल्फ क्लबमा गल्फको प्रतिस्पर्धा बिहान १० बजेबाट सुरु हुनेछ । गल्फको दोस्रो दिन पुरुषमा नेपालका सुवास तामाङ र महिलामा श्रीलंकाकी ग्रेस यातावाराले अग्रता बनाएका छन् । गल्फको एकलतर्फ नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले प्रतिस्पर्धा गर्दैछन् । महिलामा नेपाल, बंगलादेश र श्रीलंकागरी तीनदेशको मात्र सहभागिता रहेको छ । महिला टिम र एकल दुवैमा कम्तीमा सहभागी देशको कांस्य पदक पक्का भएको छ ।

टेनिस 

सातदोबाटोस्थित टेनिस कोर्टमा बिहीबार विभिन्न इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । बिहान ९ बजेपछि खेल सुरु हुनेछ ।

आर्चरी 

आर्चरी खेल बिहीबारबाट सुरु हुनेछ । पोखरामा हुने आर्चरीतर्फ नेपाल सहित भुटान, श्रीलंका र बंगलादेशको सहभागी हुनेछ । अन्तिम समयमा आएर पाकिस्तान भने सहभागी नहुने भएको छ । बिहीबार र्याङकिङ राउण्ड हुने छ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् ।आर्चरीमा भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६र१६ जना खेलाडीहरु सहभागि हुने भएका हुन् ।

तेक्वान्दो 

तेक्वान्दोतर्फ बिहीबार पनि प्रतिस्पर्धा हुनेछ । जसमा नेपालले केहि स्वर्ण जित्ने सम्भावना रहेको छ । 
 

प्रकाशित मिति: ०७:०१ बजे, बिहीबार, मंसिर १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्