Kathmandu Press

खादा निरुत्साहित गर्दै नवलपुरकाे मध्यबिन्दु नगरपालिका

नवलपुर, भदाै २८ : नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाले नगरलाई खादामुक्त नगर घोषणागर्ने तयारी गरेको छ।मध्यबिन्दु नगरपालिकाको नगर कार्यपालिका बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनैपनि...
खादा निरुत्साहित गर्दै नवलपुरकाे मध्यबिन्दु नगरपालिका

नवलपुर, भदाै २८ : नवलपुर जिल्लाको मध्यबिन्दु नगरपालिकाले नगरलाई खादामुक्त नगर घोषणागर्ने तयारी गरेको छ।

मध्यबिन्दु नगरपालिकाको नगर कार्यपालिका बैठकबाट नगरक्षेत्रमा प्रयोग हुने कुनैपनि कार्यक्रमलाइ अतिथि सम्मानमा खादाको प्रयोगलाई निरुत्साहित गर्दै खादामुक्त नगर घोषणागर्ने तयारी गरिएको नगरप्रमुख भीमलाल अधिकारीले बताए। 

Hardik ivf

नगरसभाबाट भएको निर्णयलाई कार्यान्वयन गराउनका लागि नगरपालिकाले नगरभित्रका सबै संघसंस्था, वडा कार्यालय, शैक्षिक संस्था तथा अन्य कार्यालयलाई खादा प्रयोग नगर्न पत्राचार गरेको नगरप्रमुख अधिकारीले बताए।

विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि प्रयोग हुँदै आएको खादा प्रयोग नगर्न तथा नगराउन नगरप्रमुख अधिकारीले सबैलाई आग्रह गरेका छन्। अतिथि सत्कारमा प्रयोग गरिने खादा अन्य कुनै पनि प्रयोजनमा काम नलाग्ने र त्यसको व्यवस्थापन गर्न पनि कठिन हुने भएकाले खादामुक्त नगर निर्माण गर्न लागिएको अधिकारीले बताए। 

विभिन्न पर्व, दिवस तथा कार्यक्रममा अतिथि सत्कारका लागि खादाको विकल्पमा फूल, माला तथा अन्य उपयोगी सामग्री प्रयोग गर्न सकिने पनि अधिकारीको भनाइ छ। 

प्रकाशित मिति: १३:३० बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्