Kathmandu Press

न्युजिल्याण्डमा एकैदिन दुई हजारमा काेराेना संक्रमण, ४६ को मृत्यु

न्युजिल्याण्ड, भदौ २८ : न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना सङ्क्रमित भएको बताइएको छ । यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट...
न्युजिल्याण्डमा एकैदिन दुई हजारमा काेराेना संक्रमण, ४६ को मृत्यु

न्युजिल्याण्ड, भदौ २८ : न्युजिल्याण्डमा कोभिडबाट सोमबार मात्र करिब दुई हजार जना सङ्क्रमित भएको बताइएको छ । यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।

सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार उक्त सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै सोमबार यहाँका ४६ जना सङ्क्रमित यो संक्रमणबाट मृत्यु भएको पनि बताएका छन्।

Hardik ivf

जुलाई महिनाको सुरुको हप्तामा यहाँ दैनिक नै दश हजार जनामा सङ्क्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो सङख्या घट्दै गएको र अहिले आएर दैनिक करिब दुई हजार जनामा मात्र यो सङ्क्रमण भएको पाइएको बताइएको छ ।

यहाँ कोभिडको सङ्क्रमण सुरु भएदेखि सन् २००० यतादेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ । यहाँ यो सङ्क्रमणबाट हुने मृत्युदरमा भने कमी आएको पनि बताइएको छ।

यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सङ्क्रमणबाट यहाँका एक हजार ९६२ जना व्यक्तिको मात्र निधन भएको जनाएको छ। 

प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्