Kathmandu Press

नवलपुरका सबै वडामा यसै वर्ष विद्युतीकरण

नवलपुर, भदौ २८ : नवलपुरको सबै क्षेत्रमा यसै वर्ष विद्युत् पुग्ने भएको छ । आठवटा पालिकाका ९२ वडामा यस वर्ष विद्युत् पुग्ने नेपाल विद्युत्...
नवलपुरका सबै वडामा यसै वर्ष विद्युतीकरण

नवलपुर, भदौ २८ : नवलपुरको सबै क्षेत्रमा यसै वर्ष विद्युत् पुग्ने भएको छ । आठवटा पालिकाका ९२ वडामा यस वर्ष विद्युत् पुग्ने नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाका इञ्जीनियर निश्चल अधिकारीले जानकारी  दिए। ‘अधिकांश क्षेत्रमा विद्युत् पुगेको छ, केही वडा बाँकी रहेका छन्,’ उनले भने, ‘बाँकी रहेका वडामा समेत यसै वर्ष विद्युतीकरणको काम सकिन्छ।’

गण्डकी प्रदेश सरकारको ‘उज्यालो गण्डकी प्रदेश’ योजनाअनुसार सबै क्षेत्रमा विद्युत् पु¥याउने लक्ष्यअनुसार नवलपुरमा समेत विद्युतीकरणको काम तीब्र छ । उनका अनुसार मुख्य गरी विद्युत् नपुगेका पहाडी क्षेत्रका गाउँपालिका बुलिङटार र बौदिकालीका केही वडामा अहिले पनि विद्युतीकरणका लागि काम चलिरहेको छ । बौदिकालीका वडा नं ५ र ६ मा विद्युतीकरणका लागि धेरै बाँकी रहेको उनले बताए। 

Hardik ivf

पहाडी क्षेत्रमा बाटोको समस्याले विद्युत् वितरण गर्न समस्या देखिए पनि धेरै स्थानमा तार, पोल पु¥याउने काम सकिएकाले मिटर जडानको काम मात्रै बाँकी रहेको इञ्जीनियर अधिकारीले बताए । ‘नयाँ बस्ती थपिँदै जाँदा थप काम रहन्छ नै, तर भएका हालका हरेक क्षेत्रमा विद्युत् पु¥याउन हामी केन्द्रित छौँ,’ इञ्जीनियर अधिकारीले भने, ‘अहिले पनि पहाडका विभिन्न स्थानमा तार पोल पु¥याइएको छ, चाँडै बत्ती बाल्ने काम हुन्छ।’ 

सामुदायिक विद्युतीकरण, लघु जलविद्युत, सौर्य ऊर्जाबाट केही क्षेत्रमा विद्युत् पुगेको भए पनि चाँडै ती क्षेत्रमा समेत  राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार हुने जनाइएको छ । 

जिल्लाको पहाडी गाउँपालिकाअन्तर्गतका बौदिकाली र बुलिङटारका विभिन्न क्षेत्रमा हाल तनहुँ खैरेनीटारबाट विद्युत् वितरण गरिएको छ । तर लामो दूरीबाट ल्याएको विद्युत्मा विभिन्न समस्या हुने हुँदा जिल्लाकै बोझापोखरीमा निर्माणधीन सबस्टेशनको काम सकिएपछि पहाडी क्षेत्रमा विद्युतीकरणमा थप सहजता मिल्ने उनले बताए। बोझापोखरीमा विद्युत् सबस्टेशन निर्माणको काम अन्तिम चरणमा रहेको छ । यस योजनाअन्तर्गत  अहिले पोल गाड्ने र तार टाँग्ने काम चलिरहेको छ ।

जिल्लाकै दुम्कीबासमा समेत नयाँ विद्युत् सबस्टेशन निर्माणको प्रक्रिया चलिरहेको छ । दुम्कीबास क्षेत्रमा नवलपरासी पश्चिमबाट दाउन्ने हुँदै विद्युत् ल्याइएकाले बेलाबेलामा समस्या हुने गरेकाले दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माणपछि त्यस क्षेत्रको समस्यासमेत समाधान हुने उनको भनाइ छ ।

नवलपुरमा विद्युत् वितरणको अवस्था सुधारका लागि केन्द्रबाट समेत ‘नवलपुर विद्युतीकरण योजना’ सञ्चालनका क्रममा रहेको इञ्जीनियर अधिकारीले बताए। लघु जलविद्युतबाट विद्युत् वितरण भएका क्षेत्रमा राष्ट्रिय प्रसारणको लाइन पु¥याउने, आवश्यकतानुसार नयाँ ट्रान्सफर्मर वितरण, तारपोल पु¥याउने, हाल विद्युत् बाँडिएका क्षेत्रमा विद्युत्को क्षमता बढाउनेलगायतका काम यस योजनामा सञ्चालन हुने उनको भनाइ छ । ‘समग्र जिल्लाको विद्युतीकरण सुधार गर्न नवलपुर विद्युतीकरण योजना सञ्चालनमा रहेको छ,’ उनले भने, ‘यसले जिल्लाको समग्र विद्युत् वितरणलाई प्रभावकारी बनाउन थप मद्दत पुग्नेछ।’ 

प्रकाशित मिति: १०:३९ बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्