Kathmandu Press

वनमन्त्री यादव सेनेगल प्रस्थान

काठमाडौं, भदौ २८ : वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगलका लागि प्रस्थान...
वनमन्त्री यादव सेनेगल प्रस्थान

काठमाडौं, भदौ २८ : वन तथा वातावरणमन्त्री प्रदीप यादव जलवायु परिवर्तनसम्बन्धी अल्पविकसित देशहरूको समूहको मन्त्रिस्तरीय तथा रणनीतिक बैठकमा सहभागी हुन सेनेगलका लागि प्रस्थान गरेका छन्।

बैठकमा मन्त्री यादवले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तन वार्ता, मुख्य मुद्दा र चुनौतीहरूको सम्बन्धमा नेपालले उठान गर्ने विषयका बारेमा छलफल गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

तीन दिनसम्म सञ्चालन हुने उक्त बैठक सकेर मन्त्री यादव यही शुक्रबार स्वदेश फर्किने कार्यक्रम तय भएको बताइएको छ।

प्रकाशित मिति: ०९:३२ बजे, मंगलबार, भदौ २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्