Kathmandu Press

गाई पाल्ने किसानलाई प्रोत्साहन भत्ता

पर्वत, भदौ २८ : पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गर्ने नीति लिएको छ।स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले...
गाई पाल्ने किसानलाई प्रोत्साहन भत्ता

पर्वत, भदौ २८ : पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण गर्ने नीति लिएको छ।

स्थानीय जातको गाई पछिल्लो समय लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो। विहादीले पालिकाभित्रका ६ वटै वडामा व्यावसायिक वा निर्वाहमुखीरूपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहने गर्ने कार्यक्रम समेत ल्याएको छ।

Hardik ivf

विहादीले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ। स्थानीय गाईपालन गरेका कृषकलाई प्रोत्साहन गर्नका लागि र गाईपालनतर्फ आकर्षण बढाउनका लागि यस्तो अभियान थालिएको विहादीका अध्यक्ष परविन गुरुङले बताए।

यस कार्यक्रममा समावेश हुनका लागि गाई र गर्भाधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधबाबु पौडेलले जानकारी दिए। अनुदान लिनका लागि निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिश, नागरिकता प्रमाणपत्रको प्रतिलिपि र गाई बाच्छीको तस्वीरसमेत संलग्न गर्नुपर्नेछ।

जिल्लामा पछिल्लो समय उन्नत जातका गाईपालन बढ्दै गएको छ। थोरै दूध दिने र गाईपालनको खर्चसमेत नउठ्ने जनाउँदै कृषक स्थानीय गाईपालन गर्न छाडेका हुन्।

पालिकाले पाँच हजारभन्दा बढी प्रोत्साहन भत्ता दिने तयारी गरेको छ। जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो। (रासस)

 

प्रकाशित मिति: ०८:५० बजे, मंगलबार, भदौ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्