Kathmandu Press

पहिलो पटक बेलायतले पठायो महिला राजदूत 

काठमाडौं, मंसिर १८ : नेपालका लागि बेलायती राजदूत निकोला पोलिट्ले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन्। 

बुधबार राष्ट्रपति भवन शितल नि....

पहिलो पटक बेलायतले पठायो महिला राजदूत 

काठमाडौं, मंसिर १८ : नेपालका लागि बेलायती राजदूत निकोला पोलिट्ले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन्। 

बुधबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक विषेश समारोहमा निकोलाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। निकोला नेपाल आएकी बेलायती पहिलो महिला राजदूत हुन्।

राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाए लगत्तै उनले नेपाली भाषामा ट्विट गर्दै नेपालसँगको दुई सय बर्षको कूटनीतिक सम्वन्धमा नेपालका लागि पहिलो बेलायती महिला राजदूत हुन पाएकोमा गर्व महशुष गरेको बताएकी छन्। ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्न पाएकोमा अत्यन्त हर्षीत छु। दुई सय बर्षको कूटनीतिक सम्बन्धमा नेपालका लागी पहिलो बेलायती महिला राजदुत हुन पाएकोमा गर्व महशुष गरेको छु’ उनले सामाजिक संजाल ट्विटमा लेखेकी छन्। 

नेपालका लागि बेलायती राजदूत निकोला पोलिट् पतीसँग
 

प्रकाशित मिति: १९:४४ बजे, बुधबार, मंसिर १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्