Kathmandu Press

स्विडेनको संसदीय निर्वाचनमा विपक्षी गठवन्धनलाई अग्रता

स्विडेन, भदौ २७ : स्विडेनमा भएको संसदीय निर्वाचनमा विपक्षी दलहरुको गठवन्धन ‘ब्ल्यु ब्लक’ले अग्रता लिएको छ । सोमबार विहानसम्मको विवरणअनुसार विपक्षी गठवन्धनले ४९.७ प्रतिशत...
स्विडेनको संसदीय निर्वाचनमा विपक्षी गठवन्धनलाई अग्रता

स्विडेन, भदौ २७ : स्विडेनमा भएको संसदीय निर्वाचनमा विपक्षी दलहरुको गठवन्धन ‘ब्ल्यु ब्लक’ले अग्रता लिएको छ । सोमबार विहानसम्मको विवरणअनुसार विपक्षी गठवन्धनले ४९.७ प्रतिशत मत प्राप्त गरेको देखिएको छ। अहिलेसम्मको अवस्थाले विपक्षी दलहरुको गठवन्धन नै थोरै मतअन्तरले विजयी हुने देखिएको छ।

‘ब्ल्यु ब्लक’को नामले चिनिने विपक्षी गठवन्धन अन्तर्गत मोडेरेट पार्टी, क्रिश्चियन डेमोक्रयाट्स, लिवरल पार्टी र स्विडेन डेमोक्रयाटस् पार्टी रहेका छन् । त्यसैगरी रेड ब्लकको नामले चिनिने सत्तारुढ गठवन्धनले भने ४८.८ प्रतिशत मत प्राप्त गरेको छ । त्यस अन्तर्गत सोसल डेमोक्रेटिक पार्टी, लेफ्ट पार्टी, ग्रिन पार्टी र सेन्टर पार्टी रहेका छन् । 

Hardik ivf

यी मध्ये सबैभन्दा धेरै सोसल डेमोक्रेटिक पार्टीले मत ल्याएको छ भने दोस्रो धेरै स्विडेन डेमोक्रेट्स र तेस्रो धेरै मोडेरेट पार्टीले मत प्राप्त गरेका छन् । उनीहरुले क्रमशः ३०.५ प्रतिशत, २०.७ प्रतिशत र १९ प्रतिशत मत प्राप्त गरेको छन् । 

निर्वाचन आयोगले अहिलेसम्म ९२ प्रतिशत मत गणना भइसकेको जनाएको छ । अहिलेसम्म विपक्षी गठवन्धनले  एक सय ७६ सिटमा र सत्तारुढ गठवन्धनले  एक सय ७३ सिटमा जित हासिल गरेको छ । स्विडेनको संसदमा  तीन सय ४९ जना सांसद रहने व्यवस्था छ। 

प्रकाशित मिति: १६:०२ बजे, सोमबार, भदौ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्