Kathmandu Press

सिचुवान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो

सिचुवान भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९३ पुग्यो

सिचुवान, भदौ २७ : चीनको दक्षिणप्रश्चिम प्रान्त सिचुवानको लुडिङ काउन्टीमा ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् ।  गत सेप्टेम्बर ५ मा गएको यस भूकम्पमा परी अझै २५ जना बेपता रहेका छन् । 

उद्धार मुख्यालयका अनुसार लुडिङस्थित गान्जी प्रान्तमा ५५ जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजेसम्म यान शहरमा ३८ जनाको मृत्यु भएको छ । बेपत्ता भएका मध्ये ९ जना लुडिङका र १६ जना यानको शिमियान काउन्टीका रहेका छन्। 

सेप्टेम्बर ५ का दिनमा स्थानीय समयानुसार १२ बजेर ५२ मिनेटमा लुडिङ काउन्टीभन्दा ३९ किलोमिटर टाढाको स्थललाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको ‘चाइना भूकम्प नेटवर्क सेन्टर’ले जनाएको थियो। 

भूकम्पको धक्का केन्द्रबिन्दुबाट दुई सय २६ किलोमिटर टाढा रहेको सिचुवान प्रान्तको राजधानी छन्दुमा पनि महसुस गरिएको थियो। 

प्रकाशित मिति: १५:५९ बजे, सोमबार, भदौ २७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्