चीनका राष्ट्रपति सीले कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने
बेइजिङ, भदौ २७ : चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ता कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने भएका छन्। कोरोनाभाइरस महामारीको प्रारम्भिक दिनदेखि हालसम्म उनको यो...
बेइजिङ, भदौ २७ : चीनका राष्ट्रपति सी जिनपिङले यस हप्ता कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने भएका छन्। कोरोनाभाइरस महामारीको प्रारम्भिक दिनदेखि हालसम्म उनको यो पहिलो विदेश भ्रमण भएको बेइजिङले सोमबार जानकारी दिएको छ।
सीले उज्बेकिस्तानको समरकन्दमा हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) को नेताहरुको शिखर सम्मेलनमा भाग लिन लाग्नु भएको जनाइएको छ । बुधवारदेखि शुक्रबारसम्म कजाकिस्तान र उज्वेकिस्तानको भ्रमण गर्ने चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा बताइएको छ।
एससीओ चीन, रुस, भारत, पाकिस्तान, साथै चार मध्य एसियाली देशहरु कजाकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान मिलेर बनेको छ ।यस शिखर सम्मेलन आगामी सेप्टेम्बर १५ र १६ मा उज्बेक शहर समरकन्दमा हुने भएको छ । यसअघि चीनका राष्ट्रपति सन् २०२० जनवरीमा म्यान्मारको भ्रमणमा गएका थिए । उनी फर्केर केही दिनपछि पूरै वुहान सहरलाई कोरोना भाइरस प्रकोप छोपेको थियो।












