Kathmandu Press

गाडीको अनुगमन गर्न ‘ट्राफिक कम्युनिकेशन एप्स’

लहान, माघ २८ : सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्च....

गाडीको अनुगमन गर्न ‘ट्राफिक कम्युनिकेशन एप्स’

लहान, माघ २८ : सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ ।

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए/नभएको जानकारी दिने उद्देश्यले एप्स सञ्चालनमा ल्याएको हो ।

Hardik ivf

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश २ का प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले एप्सको शुभारम्भ गरे ।

प्रहरी नायब महानिरीक्षक पालले लामो दूरीका सवारीसाधनमा एक मात्र चालक राख्दा निदाएर दुर्घटना भइरहेकाले अब दुई चालक राखे/नराखेको अनुगमन गरिने बताए ।

दुई चालक राखे/नराखेको पत्ता लगाउनकै लागि यो एप्सको निर्माण गरिएको बताउदै उनले यो एपमार्फत त्यो कुरा पत्ता लगाइने र एक मात्रै चालक राख्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।

लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय सर्भरमा राखेपछि विभिन्न प्वाइन्टमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख किरण बज्राचार्यले बताए ।

प्रकाशित मिति: ११:१५ बजे, सोमबार, माघ २८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्