Kathmandu Press

शेयर बजारमा आज क्रेताको चाप, कारोबार पनि सकारात्मक

काठमाडौं, मंसिर १८ :  जीवन बीमा कम्पनी, लघुवित्त र निर्जीवन बीमा कम्पनीहरुमा खरीदकर्ताको राम्रो उपस्थिति थियो। बजारको न्यून विन्दु र खुला विन्दु ....

शेयर बजारमा आज क्रेताको चाप, कारोबार पनि सकारात्मक

काठमाडौं, मंसिर १८ :  जीवन बीमा कम्पनी, लघुवित्त र निर्जीवन बीमा कम्पनीहरुमा खरीदकर्ताको राम्रो उपस्थिति थियो। बजारको न्यून विन्दु र खुला विन्दु एकै भएकाले बजारले दिनभर सकारात्मक प्रवृत्ति समातेको थियो।

साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचक ८ दशमलव ७३ ले बढेर ११२४ दशमलव ४७ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव ७८ प्रतिशतले बढेको छ। दोस्रो बजार १११६ दशमलव १३ को विन्दुमा खुलेको थियो भने ११२८ दशमलव ०१ को उच्च विन्दुसम्म पुगेको थियो। 

बजारको न्यून विन्दु १११६ दशमलव १३ रहँदा दिनभरमा ३० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।   

Hardik ivf

आजको बजार अवस्था  

आज सर्वाधिक कारोबार हुने 
आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सको शेयर किनबेच भएको छ। नेपाल लाइफ इन्योरेन्सको २ करोड ८२ लाख बराबरको शेयर किनबेच भएको छ। 


आज सर्वाधिक कमाउने र गुमाउने 
आज प्रभु इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ८ दशमलव ५० प्रतिशतले कमाए भने बरुण हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ७ दशमलव ९५ प्रतिशतले गुमाए।

लाभांश गतिविधि
आज युनाइटेड फाइनान्सको सञ्चालक समितिले तीन प्रतिशत बोनश शेयर र ७ दशमलव ५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार बजार केही सकारात्मक हुन सक्ने संकेत गरको छ र अर्को तत्कालीन प्रतिरोध १११८ देखि ११२१ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार सकारात्मक रहेको र २ बजेर १५ जाँदा ११२१ को प्रतिरोधलाई बजारले तोड्न सफल भएको थियो। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार बजार हाल बढेर प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आज बजारले बुलिस मैनबत्ती आकृति बनाएको छ। यसले आज बजारमा क्रेताको चाप रहेको संकेत गरेको छ। आजको परिमाणले पनि आजको मैनबत्तीलाई समर्थन गरेको देखिन्छ। 

चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति

चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनि हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो र आज बजार बढ्दो प्रवृत्तिमा रहेको छ। 

२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु फराकिलो भएकाले बजार सकारात्मक रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ६१ दशमलव ८८ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईको प्रवृत्ति र स्टोकास्टिक अक्सिलेटरले बजारमा बढी शेयर खरिद भए पछि नेप्से केही सच्चिएको छ।  

निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा बजार हाल प्रतिरोध क्षेत्रमा प्रवेश गर्न थालेको देखिन्छ। तर यदि बजार ११५२ भन्दा माथि स्थिर रहेमा बजार अझ केही सकारात्मक हुन सक्ने संकेत गर्दछ। हालको तत्कालीन टेवा १११० मा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:५४ बजे, बुधबार, मंसिर १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्