कांग्रेस केन्द्रीय समिति बैठक मंसिर २६ मा
काठमाडौं, मंसिर १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टी कार्यालय सानेपामा मंसि....
काठमाडौं, मंसिर १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टी कार्यालय सानेपामा मंसिर २६ गते दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णव्रसाद पौडेलले जानकारी दिए।
बैठकमा उपनिर्वाचनको समीक्षा, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुनेछ।
बैठकले पार्टीका केन्द्रीय विभाग गठन, केन्द्रीय समितिको समयावधि समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाबारेमा समेत छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ।
प्रकाशित मिति: १७:४० बजे, बुधबार, मंसिर १८, २०७६
थप समाचार






