Kathmandu Press

कर्मचारी समायोजनमा देखिएको समस्या समाधान हुन्छ : मन्त्री त्रिपाठी

नवलपरासी, मंसिर १८ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाइने बताएका छन्।

पश्चिम न....

कर्मचारी समायोजनमा देखिएको समस्या समाधान हुन्छ : मन्त्री त्रिपाठी

नवलपरासी, मंसिर १८ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाइने बताएका छन्।

पश्चिम नवलपरासीमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्मचारीको समायोजनमा देखिएको समस्यालाई समाधान गरिने बताएका हुन्। मन्त्री त्रिपाठीले  कर्मचारीसम्बन्धी विधेयकलाई आवश्यकताअनुसार संशोधन गरिने पनि बताए।

मन्त्री त्रिपाठीले  प्रदेश र स्थानीय तहमा निरन्तर दुई वर्षसम्म बस्ने कर्मचारीलाई बढुवाको व्यस्थापन गरिने बताए। उनले स्थानीय तहमा आर्थिक अनुशासन पारदर्शीतासहित बजेटको पूर्ण सदुपयोगका आधारमा केन्द्रबाट आवश्यकताअनुसार अनुदानको व्यवस्थापन गरिने पनि बताए।
 
प्रकाशित मिति: १६:२२ बजे, बुधबार, मंसिर १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्