Kathmandu Press

अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको भूमि फिर्ता ल्याउनु पर्छ: केसी

धनगढी, मंसिर १८ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउनु पर्ने बताएका ....

अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको भूमि फिर्ता ल्याउनु पर्छ: केसी

धनगढी, मंसिर १८ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अन्तर्राष्ट्रियकरण गरेर भएपनि भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउनु पर्ने बताएका छन्।

कैलालीको धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने र फिर्ता नभए यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नु पर्ने बताएका हुन्।

“मिचिएको भूमि फिर्ता गराउन सरकारले जुन रुपमा कूटनीतिक पहल गर्नुपर्ने थियो, त्यो गर्न सकेको छैन,”उनले भने।

मिचिएको भूमि फिर्ता गराउन दबाब सिर्जना गर्नका लागि ‘कालापानी अभियान‘ अन्तर्गत मोटरसाइकल र्‍यालीका साथै विभिन्न १२ ठाउँमा सभा गरिएको जनमोर्चाले जनाएको छ। 

प्रकाशित मिति: १६:०० बजे, बुधबार, मंसिर १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्