तेक्वान्दोमा संगिताले जितिन् स्वर्ण
काठमाडौं, मंसिर १८ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपाली संगिता बस्यालले स्वर्ण पदक जितेकी छिन्।
बुधबार भएक....
काठमाडौं, मंसिर १८ : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपाली संगिता बस्यालले स्वर्ण पदक जितेकी छिन्।
बुधबार भएको ६२ केजीमुनिको तौल समूहको प्रतिस्पर्धामा संगिताले स्वर्ण पदक जितेकी हुन्।
स्वर्ण पदक जित्ने क्रममा संगिताले भारतकी गगनजोत जिलललाई १८–८ को स्कोरमा हराइन्। योसँगै नेपालले जितेको स्वर्णको संख्या २८ पुगेको छ।
प्रकाशित मिति: १५:५४ बजे, बुधबार, मंसिर १८, २०७६
थप समाचार






