कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं, माघ २८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा बस्दै छ ।
कांग्रेस पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा नेपाल विद....

काठमाडौं, माघ २८ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा बस्दै छ ।
कांग्रेस पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा नेपाल विद्यार्थी संघका बारेमा छलफल हुने जनाएको छ । दुई पटक समयावधि थपिदा पनि महाधिवेशन नभएपछि थप निर्णय लिन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको हो ।
नेविसंघको वर्तमान कार्यसमितिको दुई पटक गरि पाँच महिना म्याद थपिएको थियो । तर, महाधिवेशन नगरिएपछि विवाद चर्किएको छ ।
आजको बैठकमा नेविसंघ वर्तमान कार्यसमितिको म्याद थप्ने वा भंग गरेर तदर्थ समिति बनाउने भन्ने विषयमा छलफल हुने जनाएको छ ।
त्यस्तै, अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाएको छ ।
प्रकाशित मिति: १०:४७ बजे, सोमबार, माघ २८, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











