Kathmandu Press

वेस्ट बैंकको झडपमा ३७ प्यालेस्टाइनी घाइते

रामल्लाह, भदाै २५ : वेस्ट बैंकको नाब्लस सहरमा इजरायली सेनासँगको झडपमा शुक्रबार कम्तीमा ३७ प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन्...
वेस्ट बैंकको झडपमा ३७ प्यालेस्टाइनी घाइते

रामल्लाह, भदाै २५ : वेस्ट बैंकको नाब्लस सहरमा इजरायली सेनासँगको झडपमा शुक्रबार कम्तीमा ३७ प्यालेस्टाइनी घाइते भएको प्यालेस्टिनी चिकित्सक र प्रत्यक्षदर्शीले बताएका छन्।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले विज्ञप्ति जारी गर्दै घाइतेमध्ये तीन जनालाई घातक गोली र नौ जनालाई रबरको गोली प्रहार गरिएको बताएको छ।

प्यालेस्टिनी प्रत्यक्षदर्शीहरूले बताएअनुसार नाब्लस शहरको दक्षिण र पूर्व, बेइटा र बेइट दाजान गाउँहरूमा र काफ्र कद्दुम गाउँमा विरोधी प्रदर्शनकारीहरू र इजरायली सैनिकहरू बीच भीषण झडप भएको थियो।

प्रदर्शनकारीहरूले टायर जलाएर विरोध प्रदर्शन गर्दै गाउँको वरिपरि तैनाथ इजरायली सैनिकहरूलाई ढुङ्गा  प्रहार गरेका  थिए। 

काफ्र कद्दुम गाउँका प्रतिरोध कार्यका लोकप्रिय संयोजक मुराद एश्तेवीले सिन्ह्वालाई  दिएको जानकारी अनुसार इजरायली सैनिकहरूले आफ्नो गाउँ विरुद्धको कदमलाई अस्वीकार गर्दै प्यालेस्टिनी प्रदर्शनकारीहरूलाई आक्रमण गर्न रबरको गोली, अश्रुग्यास र साउन्ड बम प्रयोग गरेका थिए।

इजरायली अधिकारीहरूले भने हालसम्म उक्त घटनाबारे कुनै टिप्पणी गरेका छैनन्।

जुन १९६७ मा मध्य पूर्व युद्धमा, इजरायलले प्यालेस्टिनीहरूले दाबी गर्ने वेस्ट बैंक, गाजा पट्टी र पूर्वी जेरुसेलमलाई कब्जा गरेको थियो र त्यस बेलादेखि  ती क्षेत्रहरू नियन्त्रणमा लिएको छ।

इजरायली सेनाले प्यालेस्टिनी लडाकु र प्रदर्शनकारीहरू विरुद्धको सैन्य कारबाहीलाई तीव्र बनाएपछि वेस्ट बैंकमा विगत केही दिनदेखि तनाव बढेको छ।

प्रकाशित मिति: १४:५२ बजे, शनिबार, भदौ २५, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्