Kathmandu Press

पेरुमा १४ महिनामा  चार विदेशमन्त्रीद्वारा राजीनामा

लिमा, भदाै २५ : पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन्। उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पद त्याग गर्ने...
पेरुमा १४ महिनामा  चार विदेशमन्त्रीद्वारा राजीनामा

लिमा, भदाै २५ : पेरुका विदेशमन्त्री मिगुएल एन्जल रोड्रिग्वेजले शुक्रबार राजीनामा दिएका छन्। उनी राष्ट्रपति पेड्रो कास्टिलोको नेतृत्वमा रहेको सरकारमा पद त्याग गर्ने चौथो विदेशमन्त्री हुन्।

राजनीतिक अस्थिरताबाट गुज्रिएको पेरुमा विदेशमन्त्रीको राजीनामाले थप राजनीतिक अस्थिरता बढाएको छ। कास्टिलोको सरकारले सन् २०२१ जुलाईमा पदभार ग्रहण गरेदेखि हालसम्म दुईवटा महाभियोग सामना गर्दै भ्रष्टाचारलगायत छवटा आपराधिक अनुसन्धानको सामना गरिरहेको छ।

Hardik ivf

गत महिना पूर्वप्रधानमन्त्री एनिबल टोरेस क्यास्टिलोको सरकारबाट राजीनामा दिने चौथो व्यक्ति थिए। त्यसपछि अन्य सात आन्तरिक मन्त्रीहरूले पदत्याग गरेका छन्। रोड्रिग्वेजले विदेश मन्त्रालयको ट्विटर सार्वजनिक गर्दे साझा गर्दै राजीनामा घोषणा गरेका थिए।

स्थानीय सञ्चारमाध्यमले भर्खरै मन्त्री रोड्रिग्वेज र राष्ट्रपति कास्टिलो बीच विभिन्न मुद्दाहरूमा असहमति रहेको सार्वजनिक गरेका थिए।
वामपन्थी राष्ट्रपति कास्टिलो आफ्ना दक्षिणपन्थी प्रतिद्वन्द्वीहरूबाट निरन्तर आलोचना र अफ्ठेरोमा परेका छन्। 

पेरुमा राजनीतिक अस्थिरताको अचम्मको शृङ्खला छ। सन् २०२० मा पाँच दिनमा तीनजना राष्ट्रपतिहरू भएका थिए भने सन् २०१६ पछि पाँच राष्ट्रपति चुनिएका छन्।

प्रकाशित मिति: १४:४९ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्