Kathmandu Press

महाकाली मेची जागरण अभियान सम्पन्न

काठमाडाैं, भदाै २५ : नेकपा एकीकृत समाजवादीनिकट युवा संघले महाकाली मेची जागरण अभियान सम्पन्न गरेको छ। मुलुकमा भइरहेका अन्याय, अत्याचार, हिंसा, भ्रष्टाचारका साथै समसामयिक...
महाकाली मेची जागरण अभियान सम्पन्न

काठमाडाैं, भदाै २५ : नेकपा एकीकृत समाजवादीनिकट युवा संघले महाकाली मेची जागरण अभियान सम्पन्न गरेको छ। 

मुलुकमा भइरहेका अन्याय, अत्याचार, हिंसा, भ्रष्टाचारका साथै समसामयिक विषयमा जनचेतना फैलाउने उद्देश्यका साथ करिब तीन साता लामो अभियानअन्तर्गत तराईका २२ जिल्लामा आमसभा गरिएको थियो।

अभियानमा करिब चार लाख सर्वसाधरणले एक्यबद्धता जनाएको युवा संघका अध्यक्ष नरेश शाहीले जानकारी दिए। 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाललगायतले अभियान सम्पन्न गरी फर्केको प्रतिनिधिमण्डललाई एक कार्यक्रमबीच स्वागत गरे।

पार्टीको वागगमती प्रदेश अध्यक्ष सावित्रा भुसालको सहभागितामा भएको कार्यक्रममा महासचिव डा. वेदुराम भुसालले मुलुकमा आसन्न निर्वाचनमा आम नागरिकलाई देशको विकृति, राजनीतिक अवस्थाका साथै शान्तिसुरक्षा, महँगी नियन्त्रणलगायत विषयमा सुसूचित गर्न युवाले गरेको अभियानको सराहना गरे।

प्रकाशित मिति: १४:१० बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्