Kathmandu Press

अन्तरजिल्लास्तरीय असल अभ्यासको आदानप्रदान

डोटी, भदाै २५ : जिल्लामा गरिएका असल अभ्यासहरूको आदानप्रदान गर्दै अन्तरजिल्लास्तरीय सुरक्षा तथा सम्मन्वय बैठक बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा शुक्रबार सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशको...
अन्तरजिल्लास्तरीय असल अभ्यासको आदानप्रदान

डोटी, भदाै २५ : जिल्लामा गरिएका असल अभ्यासहरूको आदानप्रदान गर्दै अन्तरजिल्लास्तरीय सुरक्षा तथा सम्मन्वय बैठक बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा शुक्रबार सम्पन्न भएको छ। 

सुदूरपश्चिम प्रदेशको पाँच पहाडी जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको सहभागितामा सम्पन्न बैठकमा आ–आफ्ना जिल्लामा गरिएका असल अभ्यास आदान–प्रदान गर्नाका साथै सबै जिल्लाका साझा सवालका बारेमा छलफल गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताए। 

Hardik ivf

बैठकमा सबै जिल्लाको साझा सवाल राजमार्ग सञ्चालन, अन्तरजिल्लास्तरीय शान्ति सुरक्षा, ट्राफिक र विपद् व्यवस्थापनका साथै लागुऔषध नियन्त्रण, आसन्न निर्वाचनलाई सहयोगलगायत विषयमा छलफल गरिएको उनले जानकारी गराए। 

समन्वय बैठकले एक अर्को जिल्लाबीचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग मिलेको डडेलधुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। बैठकमा चाडबाडको समयमा शान्ति सुरक्षालाई व्यवस्थित गर्ने, सीमानाकामा हुनसक्ने घटनाका बारेमा समन्वय गर्ने, चोरी, तस्करी नियन्त्रण गर्नेलगायत विषयमा छलफल भएको उनले जानकारी गराए।
 
सुदूरपश्चिम प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव नारायणप्रसाद दबाडीको आतिथ्यमा सम्पन्न बैठकमा सुदूरपश्चिम आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर ढकाल, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र बझाङका सुरक्षा निकाय प्रमुखको पनि सहभागिता थियो। 

प्रकाशित मिति: १३:४० बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्