Kathmandu Press

बस र मोटरसाइकल ठोक्किँदा बाँकेमा एकजनाकाे मृत्यु

पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी-९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। पूर्वतर्फ जाँदै गरेको भे१ख १९२५...
बस र मोटरसाइकल ठोक्किँदा बाँकेमा एकजनाकाे मृत्यु

बाँके, भदाै २५ : पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी-९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ। 

पूर्वतर्फ जाँदै गरेको भे१ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे७प ५४५० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको हाे। 

Hardik ivf

मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा मोटसाइकलमा सवार अर्का सावित्रा थारू गम्भीर घाइते भएका छन्। उनको अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: १३:३१ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्