Kathmandu Press

जर्मन विदेशमन्त्री आकस्मिक किभ भ्रमणमा

बर्लिन, भदाै २५ : जर्मन विदेश मन्त्री एनालेना बेरबक शनिबार आकस्मिक रूपमा किभ आइपुगेकी छन्।  सो भ्रमणको मुख्य उद्देश्य रुस विरुद्धको युद्धमा युक्रेनलाई बर्लिनको...
जर्मन विदेशमन्त्री आकस्मिक किभ भ्रमणमा

बर्लिन, भदाै २५ : जर्मन विदेश मन्त्री एनालेना बेरबक शनिबार आकस्मिक रूपमा किभ आइपुगेकी छन्।  सो भ्रमणको मुख्य उद्देश्य रुस विरुद्धको युद्धमा युक्रेनलाई बर्लिनको अटल समर्थन प्रदर्शन गर्नु रहेको बताइएको छ।

'उनीहरू हामीमाथि भर पर्न सक्छन् भनेर देखाउन म आज कीभको यात्रामा निस्केकी छु,' उनले भनिन्, 'हामी हतियारको डेलिभरी, मानवीय र आर्थिक सहयोगका साथ आवश्यक भएसम्म युक्रेनको साथमा उभिनेछौं।' पछिल्ला हप्ताहरूमा जर्मनीले कीभमा होविट्जर, रकेट लन्चर र एन्टी-एयरक्राफ्ट मिसाइलहरू पठाएको छ।

Hardik ivf

यसैबीच पचास करोड युरोभन्दा बढीको थप सैन्य सहायता प्याकेजमा एन्टी-एयरक्राफ्ट सिस्टम, पिकअपमा राखिएका रकेट लन्चरहरू र एन्टी-ड्रोन उपकरणहरू जस्ता भारी हतियारहरू पनि रहेका छन्। यस हप्ताको  शुरुमा बर्लिनले नेदरल्यान्ड्ससँग युक्रेनी सैनिकहरूलाई डिमाइनिङको तालिम दिने बताएको थियो।

मन्त्री बेरबकले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पीडाप्रति सहानुभूति देखाएजस्तो गर्न थालेका छन् हामीलाई त्यसको भरोसा छैन। 'उनी सोच्छन् कि  यस।तो कदमले हाम्रो समाजलाई झुटले विभाजित गर्न सक्छ र हामीलाई ऊर्जा वितरणको बहानामा ब्ल्याकमेल गर्न सकिन्छ,' मन्त्रीले थपिन्।

'यस्तो सहानुभूतिले काम गर्नु हुँदैन र काम गर्दैन पनि। किनभने सबै युरोपलाई थाहा छ कि युक्रेनले हाम्रो शान्तिको रक्षा गरिरहेको छ,' उनले भनिन्। 

मन्त्री बेरबक  गत मे महिनामा कीभ भ्रमण गर्ने पहिलो वरिष्ठ जर्मन सरकारको  प्रतिनिधि थिइन्। त्यसभ्रमणका क्रममा उनले देशमा जर्मनीको दूतावास पुनस् खोल्ने घोषणा समेत गरेकी थिइन्।

प्रकाशित मिति: १३:०४ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्