Kathmandu Press

न्युजिल्यान्डमा डुंगा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडाैं, भदाै २५ : न्युजिल्यान्डको काइकोरामा रहेको गुज वेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार डुंगा पल्टिएको छ।माछा मार्ने साे डुंगा...
न्युजिल्यान्डमा डुंगा र ह्वेल ठोक्किँदा २ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडाैं, भदाै २५ : न्युजिल्यान्डको काइकोरामा रहेको गुज वेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार डुंगा पल्टिएको छ।

माछा मार्ने साे डुंगा पल्टिँदा दुईजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेकाे छ भने तीन जना अझै बेपत्ता छन्। त्यसैगरी  अन्य ६ जनाको भने उद्धार गरिएको छ।

Hardik ivf

उद्धार हेलिकप्टर, डुंगा टोली र स्वयंसेवकहरूको एक घन्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुंगा किनारामा तानिएको छ तर तीनजना यात्रु अझै फेला परेका छैनन्।

काइकोउरा एउटा सानो तटीय शहर हो जुन न्युजिल्याण्डको दक्षिण टापुमा ह्वेल  अवलोकनका लागि प्रसिद्ध छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

प्रकाशित मिति: १२:५९ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्