Kathmandu Press

मेरिल्यान्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

वासिङ्टन, भदाै २५ : संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा  शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा दुई...
मेरिल्यान्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

वासिङ्टन, भदाै २५ : संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा  शुक्रबार पाँच जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरूमा दुई वयस्क र तीन बालबालिका छन्।

सेसिल काउन्टी सेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान ९११ मा फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए।

Hardik ivf

सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानहरूमा फेला पारेका थिए।

'यो हाम्रो काउन्टी र हाम्रो समुदायको लागि दुःखद र भयानक दिन हो,' सेसिल काउन्टी शेरिफ स्कट एडम्सले शुक्रबार दिउँसो पत्रकारहरूलाई  बताएका छन्। घटनाबारे सक्रिय  रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: १२:२५ बजे, शनिबार, भदौ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्